अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तारा अधिकारीको ‘लाली ओठैमा’ सार्वजनिक

तारा अधिकारीको ‘लाली ओठैमा’ सार्वजनिक


काठमाडौं- गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । स्वरुपराज आचार्य र रचना रिमालको स्वर रहेको गीतमा राजनराज शिवाकोटीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन छ ।

गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशन रहेको भिडियोलाई करण चैसिरको छायाँकन र सुप्रिम पराजुलीले सम्पादन गर्नुभएको छ ।

चन्द्र विनायक फिल्म प्रोडक्सनले निर्माण गरेको भिडियो चपली हाइटका विभिन्न स्थानमा छायाँकन भएको हो । पल र गरिमाको केमेस्ट्री सुहाउँदो रहेको भिडियोमा राजीव समरले कोरियोग्राफी गर्नुभएको छ । निर्देशक रमेश थापाले गीतको भावअनुसार नै भिडियोमा ग्रामिण परिवेश देखाउन खोजिएको बताउनुभयो ।