अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईपीएल अक्सन : क्रिस मोरिस १६ करोड २५ लाखमा राजस्थानमा अनुबन्ध

आईपीएल अक्सन : क्रिस मोरिस १६ करोड २५ लाखमा राजस्थानमा अनुबन्ध


काठमाडौं- दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस राजस्थान रोयल्समा अनुबन्ध हुनु भएको छ । उहाँ १६ करोड २५ लाख मूल्यमा राजस्थानमा अनुबन्ध हुनु भएको हो ।

योसँगै मोरिसले आईपीएल अक्सनमा नयाँ कीर्तिमान बनाउनु भएको छ । उहाँले अक्सनमा सबैभन्दा बढी मूल्य पाउने खेलाडीको कीर्तिमान बनाउनुभएको छ ।

यसअघि, अक्सनमा सबैभन्दा बढी मूल्य पाउने खेलाडीमा युवराज सिंह हुनुहन्थ्यो । उहाँलाई अक्सनबाट १६ करोड भारुमा अनुबन्ध गरिएको थियो ।

अब उहाँको कीर्तिमान मोरिसले तोड्नु भएको छ। उहाँलाई गत सिजनमा मोरिसलाई आरसीबीले १० करोड भारुमा अनुबन्ध गरेको थियो । तर, एक वर्षमै आरसीबीले उहाँलाई रिलिज गर्‍यो ।