अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वकप छनोट खेल्ने टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए सात खेलाडी

विश्वकप छनोट खेल्ने टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए सात खेलाडी


काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट खेलको तयारीको क्रममा बन्द प्रशिक्षणमा रहेको टोलीको सूची छोटो बनाएको छ ।

३८ जना खेलाडी सम्मिलित गराएर सुरु भएको बन्द प्रशिक्षणका खेलाडीको सूची ३१ पुर्‍याइएको हो । एन्फाका अनुसार प्रशिक्षक बालगोपाल महर्जनले शुक्रबार बन्द प्रशिक्षणका ३१ खेलाडीको सूची सार्वजनिक गर्नुभएको हो । अपर्ण कार्की, सेसेहाङ्गदेम्बे, सरोज दाहाल, देवेन्द्र तामाङ्ग, दिलेन लोक्तन, बिकास तामाङ्ग र सुवास गुरुङ्ग टोलीबाट बाहिरिएका छन् ।

गोलरक्षक किरण कुमार लिम्बु र फरवार्ड अभिषेक रिजाल हाल विदेशमा हुनुहुन्छ । देवेन्द्र तामाङ र सुमन अर्याल स्वास्थ्य समस्या देखाएर बिदामा हुनुहुन्छ ।

बिकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की र विशाल सुनार गोलरक्षकका रूपमा बन्द प्रशिक्षणमा यथावत रहनुहुनेछ । डिफेन्समा रजिन धिमाल, विराज महर्जन, बिकास खवास, अनन्त तामाङग, छिरिङ गुरुङ्ग, दिनेश राजवंशी, अजित भण्डारी, सूरज विक, रोहित चन्द, निशन खड्का र पल्साङ्ग लामा हुनुहुन्छ ।

मीडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापा, एरिक विष्ट, तेज तामाङ, रबि पासवान, त्रिदेव गुरुङ, सञ्जोक राई र अञ्जन विष्ट हुनुहुन्छ ।

फरवार्डमा भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिष लामा र जर्जन प्रिन्स कार्की हुनुहुन्छ ।