अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एपीएफ महिला लिगको च्याम्पियन

एपीएफ महिला लिगको च्याम्पियन


काठमाडौं- अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको (एपीएफ क्लब) ले जितेको छ । लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोलले हराउँदै एपीएफले उपाधि जितेको हो ।

योसँगै एपीएफले लिगमा सबै १२ खेल नै जितेको छ । १२ खेलमा एपिएफले ७७ गोल गर्दै एक गोल मात्रै खायो ।

दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा एपिएफले आर्मीविरुद्ध पहिलो हाफको अन्त्यमा सरु लिम्बुको गोलमा अग्रता बनाएको थियो ।

खेलको ८६औँ मिनेटमा एपिएफका लागि अनिता केसीले गोल गर्नुभयो । खेलको अन्तिम थप समयमा सरु लिम्बुले एपिएफका लागि तेस्रो गोल गर्नुभयो । लिगमा एपिएफको १२ खेलमा ३६ अंक रह्यो । दोस्रोमा रहेको आर्मीको १२ खेलमा २६ अंक रह्यो ।

शुक्रबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा चौदण्डीगढीलाई १०-० ले हराएको नेपाल पुलिस क्लबले तेस्रो स्थानमा लिग सकायो । पुलिसको १२ खेलमा १८ अंक रह्यो । चौदण्डीगढीले सबै खेल हारेर अंकविहीन भएको छ ।

लिगमा चौंथो स्थानमा रहेको वालिङको १२ खेलमा १७ अंक, विराटनगरको १२ खेलमा १६ अंक, चन्द्रपुरको १२ खेलमा ९ अंक रह्यो । गएको बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेपछि अंक दूरी राम्रो बनाउँदै एपिएफ विजेता पक्का भइसकेको थियो ।