अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौतमबुद्ध रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाद्वारा २० लाख सहयोग

गौतमबुद्ध रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाद्वारा २० लाख सहयोग


काठमाडौं : चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ ।

शुक्रबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले रङ्गशाला निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले बताउनुभयो । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि ऊर्जा थपिएको पनि उहाँले बताउनुभयो ।

रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको फाउण्डेशनका अध्यक्ष कट्टेलको भनाइ छ ।

यसै आर्थिक वर्षभित्र तीन हजार क्षमताको प्याराफिटसहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उहाँले जानकारी दिनुभयो ।