अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कतार जाँदा सुर्तीजन्य पदार्थ लैजान नपाइने

कतार जाँदा सुर्तीजन्य पदार्थ लैजान नपाइने


दोहा- कतार सरकारले विदेशी यात्रुलाई सुर्तीजन्य पदार्थ बोकेर यात्रा गर्न रोक लगाएको छ । नेपालस्थित कतारी दूतावासले विज्ञप्ति जारी गर्दै कतार जाने विदेशी यात्रुलाई सुर्तीजन्य पदार्थ लैजान रोक लगाएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारी, व्यवसाय गर्न वा अन्य कामले कतार जाने विदेशी यात्रुलाई सुर्तीजन्य पदार्थ लैजान प्रतिबन्ध लगाइएको छ ।’

सुर्तीजन्य पदार्थ बेच्न बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका सामानसमेत लैजान प्रतिबन्ध लगाएको दूतावासले जनाएको छ ।