अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीले गृहजिल्लामा उद्घाटन गरे निजी सचिवालय

गृहमन्त्रीले गृहजिल्लामा उद्घाटन गरे निजी सचिवालय


काठमाडौं-गृहमन्त्री सुधन गुरुङले गोरखामा आफ्नो निजी सचिवालय उद्घाटन गरेका छन्। गोरखाको सदरमुकाममा गृहमन्त्री गुरुङले आफ्नो सचिवालय राखेका हुन्।

सचिवालयको उद्घाटन गर्दै गृहमन्त्री गुरुङले स्थानीय मतदाताका समस्या, गुनासा तथा सुझाव सुन्ने उद्देश्यले सचिवालय सञ्चालनमा ल्याइएको बताए।

उनका अनुसार सचिवालयमार्फत स्थानीय नागरिकले आफ्ना समस्या र गुनासा प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।

यसैबीच, गृहमन्त्री गुरुङले गोरखा दरबार पुगेर प्रसिद्ध गोरखकाली मन्दिरको दर्शनसमेत गरेका छन्।