अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बडीमालिकाबाट फर्किने क्रममा बेपत्ता युवक मृत फेला

बडीमालिकाबाट फर्किने क्रममा बेपत्ता युवक मृत फेला


बाजुरा-बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाबाट फर्किने क्रममा भारी वर्षा र हिमपातमा परेर बेपत्ता भएका एक युवक मृत फेला परेका छन्।

मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा रहेका छन्। उनी शनिबारदेखि बेपत्ता भएका थिए।

सुरक्षाकर्मीको खोजी तथा उद्धार टोलीले बोहराको शव बडीमालिकास्थित त्रिवेणी पाटननजिकै फेला पारेको हो।

भारी वर्षा र हिमपातका कारण बडीमालिका क्षेत्रको मौसम प्रतिकूल बनेपछि उनी सम्पर्कविहीन भएका थिए।

उनको शव हेलिकप्टरमार्फत बाजुराको सदरमुकाम मार्तडी ल्याउने तयारी भइरहेको बताइएको छ।