अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआरएन साउदीद्वारा पीडितलाई ४९ लाख सहयोग

एनआरएन साउदीद्वारा पीडितलाई ४९ लाख सहयोग


साउदी अरेबिया- एनआरएन साउदीले कोरोना भाइरस (कोभिड-१९) लगायत विभिन्न कारणले अलपत्र परेका नेपालीको उद्धारको लागि आर्थिक सहयोग गरेको छ । एनआरएन साउदीले उनीहरूलाई १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल आर्थिक सहयोग गरेको हो ।

एनआरएन साउदीका अनुसार कोरोना भाइरसलगायत विभिन्न कारणले अलपत्र परेका, रोजगार गुमेर स्वदेश फिर्ताका लागि समस्यामा रहेका १ सय ७ जनाका लागि पि सी आर टेस्टिङ, ८२ जनाको लागि हवाई टिकटको व्यवस्था, ५ सय ३७ जनाको लागि खाद्यान्न व्यवस्थासँगै सयौंको संख्यामा नेपाली श्रमिकहरुलाई पैरवी पहल, कानुनी परामर्श सहित साउदी अरेबियाका विभिन्न शहरहरुमा आउटेज क्यामपिङ एवं पासपोर्ट सहजीकरणमा सहयोग गरेको छ ।

पीडित नेपालीको लागि थाइ तथा अस्थाइ रूपमा साउदीका विभिन्न शहरमा सेल्टर व्यवस्था, पीडित नेपालीको लागि यातायात व्यवस्था समेत गरी हालसम्म १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल सहयोग गरेको छ ।