अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनसेल एपको नयाँ संस्करण सार्वजनिक

एनसेल एपको नयाँ संस्करण सार्वजनिक


काठमाडौं- एनसेलका ग्राहकले अब सजिलै एनसेल एपबाटै आफ्नो आवश्यकताअनुसार सेवा सञ्चालन गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएसँगै त्यस्तो सुविधा उपलब्ध भएको हो ।

यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने दाबी कम्पनीले गरेको छ ।

एनसेलले एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको उपलक्ष्यमा उक्त एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डाटा निःशुल्क प्रदान गर्ने घोषणा पनि गरेको छ ।

यो एपका प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरू तत्कालै सुचारु गर्न सक्नुका साथै विभिन्न कार्य पनि गर्न सक्नेछन् ।

एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्नेछन् । त्यसका लागि ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डाटा र भ्वाइस प्याक लिन सक्ने कम्पनीको भनाइ छ ।