अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेसबुक र इन्स्टाग्राममा समस्या

फेसबुक र इन्स्टाग्राममा समस्या


काठमाडौं-सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा शुक्रबार अचानक प्राविधिक समस्या देखिएपछि विश्वभरका लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन्। धेरै प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्राम नखुलेको, वेबसाइट र एप दुवैमा त्रुटि देखिएको तथा लगइन गर्न समस्या भएको गुनासो गरेका छन्।

कतिपय प्रयोगकर्ताले मेटाको बिजनेस प्लेटफर्ममा समेत त्रुटि सन्देश देखिएको बताएका छन्। फेसबुक डाउन भएपछि धेरै प्रयोगकर्ता अवस्था बुझ्न अर्को सामाजिक सञ्जाल एक्सतर्फ पुगेका छन् ।

प्रारम्भिक विवरणअनुसार फेसबुकको मातृ कम्पनी मेटाअन्तर्गत सञ्चालित इन्स्टाग्राम र थ्रेड्समा पनि समान प्रकारका समस्या देखिएका छन् । यसले समस्या फेसबुकमा मात्र सीमित नभई मेटाको समग्र सेवा प्रणालीसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।

मेटा कम्पनीले आफ्ना प्रयोगकर्ता लागि आधिकारिक रूपमा समस्याबारे जानकारी दिने ‘स्टेटस पेज’ नबनाएका कारण र व्यावसायिक उपकरणहरूको पृष्ठ पनि अपडेट नगरिएकाले यो व्यापक अवरोधबारे आधिकारिक जानकारी पाउन प्रयोगकर्ताहरूलाई कठिन भइरहेको छ ।

Skip This