अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्राफिक जरिवाना अब ‘कनेक्ट आईपीएस’ प्रणालीमार्फत भुक्तानी गर्न सकिने

ट्राफिक जरिवाना अब ‘कनेक्ट आईपीएस’ प्रणालीमार्फत भुक्तानी गर्न सकिने


काठमाडौं- काठमाडौंको महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा बुझाउनुपर्ने जरिवाना अब कनेक्ट आईपीएस प्रणालीमार्फत बैंक खाताबाट अनलान नै भुक्तानी गर्न सकिने भएको छ ।

सो अनलाइन प्रणालीको गत बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत शुभारम्भ गरिएको हो ।

सोसम्बन्धी सम्झौतापत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।