अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको आग्रह : विरोधीले नक्कली आश्वासन दिन सक्छन्, भ्रममा नपर्नुहोला

प्रधानमन्त्रीको आग्रह : विरोधीले नक्कली आश्वासन दिन सक्छन्, भ्रममा नपर्नुहोला


काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा युवाले गतिशील ढंकले अगाडि बढ्न सक्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राम्रा उद्देश्यका साथ अगाडि बढ्न आग्रहसमेत गर्नुभयो ।

‘आजका समस्या समाधान गर्न सके मात्र अगाडि बढ्न सकिन्छ, उचित ढंकले आजको समस्या समाधान गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सकारात्मक तरिकाले अगाडि बढे मात्र भोलिको गन्तव्यमा पुग्न सकिन्छ ।’

साथै, प्रधानमन्त्री ओलीले विरोधीको आश्वासनमा नपर्नसमेत युवालाई आग्रह गर्नुभएको छ ।

‘विरोधीले युवालाई नक्कली आश्वासनमा भ्रमित पार्न सक्छन्, त्यस्ता भ्रमबाट युवा समुदाय सचेत हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सबै तहमा व्यापक रूपमा संगन विस्तारमा जोड दिनुस्, चेतना, विचारका आधारमा संगठित विस्तार गर्न आवश्यक छ ।’