अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधव कुनै हालतमा प्रधानमन्त्री बन्ने अवस्था छैन : प्रधानमन्त्री ओली

प्रचण्ड-माधव कुनै हालतमा प्रधानमन्त्री बन्ने अवस्था छैन : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए पनि पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल प्रधानमन्त्री कुनै हालतमा नबन्ने बताउनुभएको छ ।

उहाँले मंगलबार राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

‘संसद् पुनःस्थापना भयो भने के हुन्छ अदालतलाई थाहा छैन र ? पुनर्स्थापना भयो भने प्रचण्ड र माधवजी हल गोरु नारिएझैँ प्रधानमन्त्री बन्न खोज्न थाल्नुहुन्छ, उहाँहरू कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने अवस्था छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यसैले प्रधानमन्त्री खोज्दै मै भएको ठाउँमा आइपुग्नुहुन्छ । पार्टी फुटाएर तपाईंहरू बाहिर अल्मलिएर बस्नुभएको छ। बाटो सच्चाएर यता आउनुहोस् ।’

उहाँले लोकतन्त्र र संविधान जोगाएर अब देश निर्माणको अभियानमा लाग्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले बहुमतको साथ प्रतिनिधिसभा विघटन गरेको हुनाले पुनर्स्थापना नहुने बताउनुभयो ।

उहाँले सरकारले तोकेको समयमा निर्वाचन हुने दाबी गर्दै तयारीमा लाग्नसमेत आग्रह गर्नुभयो ।