अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालतको फैसला अनपेक्षित : परराष्ट्रमन्त्री ज्ञवाली

सर्वोच्च अदालतको फैसला अनपेक्षित : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं- परराष्ट्रमन्त्री एवं नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको प्रतिक्रिया दिनुभएको छ । यद्यपि, उहाँले फैसला भने स्वीकार गर्ने बताउन्भयो ।

प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौँ ।’ उहाँले जुन समस्या देखाएर संसद विघटन गरिएको थियो सो समस्या भने फेरि कायमै रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जे समस्या हुने देखेका थियौं, त्यो त कायमै रहने भयो । तर, यो कुरा पछि भयो । अहिलेलाई अदालतको फैसला स्वीकार गर्छौं ।’