अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुक राजनीतिक अस्थिरतातर्फ जाने सम्भावना बढ्यो : महेश बस्नेत

मुलुक राजनीतिक अस्थिरतातर्फ जाने सम्भावना बढ्यो : महेश बस्नेत


काठमाडौं- संस्थापन नेकपा नेता महेश बस्नेतले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दा मुलुक राजनीतिक अस्थिरतातर्फ जाने सम्भावना बढेको प्रतिक्रिया दिनुभएको छ । तर, सर्वोच्च अदालतको फैसलाको सम्मान भने गर्नुपर्ने उहाँले बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले भने, ‘मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ-नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो ।’

साथै, नेता बस्नेतले विभाजित नेकपालाई अब एक बनाउनेतिर लाग्नु उत्तम हुनेसिमेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभाजित नेकपाभित्रको एकता प्रक्रियालाई जगाउनुपर्छ । वामदेव कमरेडहरूको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला ।’