अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक


काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहले पनि स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार प्रचण्ड-नेपाल पक्षको बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक बोलाइएको हो ।

संसदीय दलको बैठकअघि यो समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो । प्रचण्ड-नेपाल समूहले आज साँझ ४ बजे नै संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि अगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक आयोजना गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।