अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार निर्णय गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक

चार निर्णय गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । बाुलुवाटारमा बसेको बैठक केही बेरअघि सकिएको हो ।

बैठकले विभिन्न चार विषयमा छलफल भएको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले आजको बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रवक्ता ज्ञवालीले बैठकमा संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको समग्र प्रभाव, कार्यान्वनको पक्षमा समेत छलफल भएको बताउनुभयो ।

प्रवक्ता ज्ञवालीले अदालतले गरेको फैसलालाई कार्यान्वयन/सम्मान गर्दै अगाडि बढ्नेसमेत बताए । बैठक भोलि पनि बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।