अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-नेपाल बुढानिलकण्ठमा : प्रधानमन्त्री दिन गएका कि लिन, देउवा अलमलमा

प्रचण्ड-नेपाल बुढानिलकण्ठमा : प्रधानमन्त्री दिन गएका कि लिन, देउवा अलमलमा


काठमाडौं- विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नुभएको छ ।

देउवालाई भेट्नकै लागि उहाँहाँहरू चितवनमा आयोजना गर्न लागिएको आमसभा छोडेर काठमाडौं आउनुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विकसित राजनीतिक घटना क्रममा कांग्रेसको साथ खोज्दै प्रचण्ड-नेपाल देउवानिवास पुग्नुभएको कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीविरुद्ध तयार गरिएको अविश्वास प्रस्तावमा प्रधानमन्त्रीका रुपमा दाहाललाई अघि सारिए पनि केही दिनअघि दाहालले आफू प्रधानमन्त्री नबन्ने अभिव्यक्ति दिनुभएको थियो । त्यती मात्र होइन करिब महिना दिनअघि त उहाँहरू दुवै जना देउवा कहाँ प्रधानमन्त्री भइदिनुपर्‍यो भन्दै बुढानिलकण्ठ पुगेको सार्वजनिक भएको थियो । ‘अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीमा आफ्नो नाम लेखाउने अनि प्रधानमन्त्रीमा देउवालाई प्रस्ताव गर्ने दाहालको दुई खाले रणनीतिमा कांग्रेस विश्वस्त छैन,’ काँग्रेसका एक केन्द्रीय सदस्यले भन्नुभयो ‘उहाँहरूले प्रधानमन्त्री दिन कि लिन आउनु भएको हो सभापतिज्यू अलमलमा हुनुहुन्छ ।’

देउवाले नेताद्वयलाई पहिला आफ्नो घर झगडा मिलाएर आफू कहाँ आउन सुझाव दिनुभएको छ । ‘तपाईंहरुको पार्टी विभाजन भएको छैन । झगडा मात्र भएको हो । त्यस कारण नेकपासँग छलफल गर्दा प्रथम अध्यक्षसँग हुन्छ तपाईंहरूसँग छलफल गरेर कुनै निर्णयमा पुगिदैन,’ देउवाले नेताद्वयलाई दिएको जवाफ उल्लेख गर्दै ती केन्द्रीय सदस्यले भन्नुभयो ।