अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधवले आयोजना गरेको संसदीय दलको बैठक संस्थापनद्वारा अस्वीकार

प्रचण्ड-माधवले आयोजना गरेको संसदीय दलको बैठक संस्थापनद्वारा अस्वीकार


काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको संसदीय दलको बैठकलाई संस्थापन पक्षले अस्वीकार गरेको छ ।

बालुवाटारमा स्थायी कमिटीको बैठकपछि संवाददातासँग कुरा गर्नुहुँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रचण्ड-नेपाल समूहको बैठकलाई अस्वीकार गरेको जानकारी दिनुभयो ।

‘नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता र उपनेता यही हुनुहुन्छ । उहाँहरूले संसदीय दलको बैठक बोलाउनु भएको छैन,’ स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘नेकपा संसदीय दलको बैठक सम्भवत भोलि बस्छ होला ।’