अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जे गर्दा देशलाई उपयुक्त हुन्छ, प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ : प्रवक्ता ज्ञवाली

जे गर्दा देशलाई उपयुक्त हुन्छ, प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ : प्रवक्ता ज्ञवाली


काठमाडौं- संस्थापन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीले जे गर्दा देशलाई उपयुक्त हुन्छ त्यही निर्णय गर्नुहुने बताउनु भएको छ ।

स्थायी कमिटीको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले प्रधानमन्त्रीले राजीनामाको बिषयमा अन्य दलहरूसँग छलफल गरिराख्नु भएको बताउनुभयो ।

‘प्रधानमन्त्रीले जे गर्दा देशलाई उपयुक्त हुन्छ, त्यही गर्नुहुन्छ,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘राजनीतिक अस्थिरता र संसदमा अलोकतान्त्रिक गठबन्धनको चिन्ता भइरहेको छ । त्यस पछाडिको राजनीतिक परिदृश्य कस्तो सिर्जना हुन्छ भन्ने हो ।’

स्थायी कमिटी सदस्यसमेत हरनुभएका ज्ञवालीले पार्टी एकतालाई ध्यानमा राखेर अहिलेसम्म कसैलाई पनि कारबाही नगरिएकोसमेत बताउनुभयो ।

‘पार्टी एकताबद्ध गर्ने प्रयास जारी छ । पार्टीबाट बाहिरिएकाको ठोस प्रस्ताव र उहाँहरूको बुझाई के हो भन्ने बिषयमा छलफल हुन्छ,’ उहाँले भन्नुभयो, ‘सही विचार र सही सिद्धान्त हुनुपर्छ । मुलुकमा राजनीतिक स्थायित्व गर्ने आधार तयार गछौँ ।’