अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

प्रधानमन्त्रीद्वारा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्नु भएको छ । बुधबार काठमाडौंमा भएको एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्नु भएको हो ।

उक्त नक्साको माध्यमबाट माटोमा भएको अम्लियपन, नाइट्रोजन, पोटासियमलगायत तत्व थाहा पाउन सकिने बताइएको छ । नक्सालाई माटोमा भएको तत्वहरूबारे जानकारी लिने सूचना प्रणाली भनिएको छ ।

किसानको खेतबारीमा भएको माटोमा उर्वराशक्ति बढाउन त्यहाँ भएको माटोमा भएको अम्लियपनलाई घटाउने, नाइट्रोजनलगायत तत्वको मात्रालाई बढाउन कृषि प्राविधिकलाई सहजता हुने ठानिएको छ ।

नेपालले दक्षिण एसियामै पहिलो पटक माटोको डिजिटल नक्सा सार्वजनिक गरेको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई धन्यवाद दिनुभएको छ ।