अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘अहिले यो सरकार छ, सरकार रहन्छ’

‘अहिले यो सरकार छ, सरकार रहन्छ’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्ध बनाउने अभियान निरन्तर अगाडि बढ्ने बताउनुभएको छ ।

बुधबार कृषि मन्त्रालयद्वारा आयोजित माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै उहाँले र्तव्यमा अडिक रहेर संकल्प पूरा गर्न निरन्तर अगाडि बढ्ने बताउनुभएको हो ।

‘हामी हाम्रो कर्तव्यमा जुट्छौँ र देश बनाउँछौँ । यो संकल्प निरन्तर अगाडि बढ्छ । अहिले धेरै कुरा भनेर मान्छे फेरि तर्साउने कुरा गर्नु पनि ठिक छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले यो सरकार छ । सरकार रहन्छ । विकासको क्रम अघि बढिराख्या छ । तपाईंहरू विकासको मार्गमा निश्चिन्त, निस्फिक्री ढंगले अगाडि बढ्नुस् ।’