अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालतको फैसलाले बर्बाद पारेको छैन, यो सामान्य कुरा हो : प्रधानमन्त्री ओली

अदालतको फैसलाले बर्बाद पारेको छैन, यो सामान्य कुरा हो : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सामान्य रूपमा लिएको बताउनुभएको छ ।

संसद् पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको  फैसलापछि बुधबार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

‘मैले प्रधानमन्त्रीमा रहुञ्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बर्बाद पारेको होइन । यो सामान्य कुरा हो,’ उहाँले भन्नुभयो, ‘मेरा केही भाईहरूले लड्डु खुवाईखुवाई गरे रे, लड्डु खाएछन् । खुसी भएर, जित्यौँ भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन अब हेर्नुछ ।’

साथै, उहाँले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरू भनि टिप्पणीसमेत गर्नुभयो । उहाँले पुष्कपमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल जस्ता मान्छेहरूलाई सानोसानो विषयले ठूलै असर गर्ने भएकोले हिजो चितवनमा ‘मुह मिठा’ गर्नुभएको टिप्पणी गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरुले भोलि पर्सिदेखि राजीनामा माग्ने समेत बताउनुभयो । ‘मेरो विचारमा भोलि पर्सिदेखि फेरी राजीनामा माग्नुहुन्छ की जस्तो लाग्छ । राजीनामा देउ राजीनामा देउ भनेर । यतापट्टी चिन्ता गर्नु पर्दैन,’ उहाँले भन्नुभयो, ‘को मान्छे कतिखेर हटट्याक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्नसक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ जीन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि न मान्छे बेइमान हुनसक्छ न इमान्दार हुनसक्छ ।’