अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैवाहिक बन्धनमा बाँधिए अन्जु र थिर

वैवाहिक बन्धनमा बाँधिए अन्जु र थिर


काठमाडौं : गायिका अन्जु पन्तले थिर कोइराला वैवाहिक बन्दनमा बाँधिनुभएको छ । एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उहाँहरूले आज एक चर्चमा विवाह गर्नुभएको हो ।

दुवै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि थिर र अन्जुले चर्चमा बिहे गर्नुभएको हो । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उहाँहरूको बिहेमा सीमित आफन्त मात्र सहभागी रहेको बुझिएको छ ।

गायिका पन्तको एक दशकअघि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । त्यसपछि छोरी परितोशिकासँग बस्दै आउनुभएकी अन्जुले केही महिनाअघि छोरीकै दबाबका कारण बिहेको विषयमा सोचेको पनि बताउनुभएको थियो ।