अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संस्थापन नेकपाको स्थायी कमिटी बैठक स्थगित

संस्थापन नेकपाको स्थायी कमिटी बैठक स्थगित


काठमाडौं- संस्थापन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबार बालुवाटारमा बस्ने भनिएको स्थायी कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आवश्यक गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

बुधबारको बैठकले सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

बुधबारको बैठकमा बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलसँग पनि परामर्श गर्नेबारे स्थायी कमिटीमा छलफल भएको थियो ।