अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य : सूर्य थापा

प्रचण्ड-नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य : सूर्य थापा


काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं संस्थापन नेकपाका केन्द्रीय समिति सदस्य सूर्य थापाले पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य रहेको बताउनुभएको छ ।

बिहीबार फेसबुकमा स्टाटस लेख्नुहुँदै उहाँले दाहाल-नेपालको तेतृत्वमा सरकार बन्नुलाई गोरु ब्याएर बिगौती खान खोजेजस्तै भएकोसमेत बताउनुभयो ।

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ,’ केन्द्रयि सदस्य थापाले लेख्नुभएको छ, ‘यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ।’

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने फैसला गरसँगै नयाँ सरकारका लागि प्रचण्ड–नेपाल समूहका नेताहरूले दौडधुपलाई तिव्रता दिइरहेका छन् ।