अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल कम्युनिष्ट पार्टी नाम विवाद : सर्वोच्चले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिष्ट पार्टी नाम विवाद : सर्वोच्चले फागुन २० गते फैसला सुनाउने


काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नाम विवादमा फागुन २० गते निर्णय गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी आफ्नो दलको नाम भएकाले एमाले र माओवादी केन्द्र मिलेर बनेको दललाई त्यो नाम दिन नपाइने भन्दै ऋषिराम कट्टेलले दिनुभएको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले सुनुवाइ गरिरहेको थियो ।

सर्वोच्च अदातलका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार उक्त रिटमाथि बहस सकिएपछि इजलासबाट फागुन २० गते निर्णय सुनाउने दिन तोकेको हो ।

आयोगले कट्टेलको पार्टीसँग नाम मिले पनि कोष्टकभित्र नेकपा लेख्ने गरी नयाँ दललाई मान्यता दिएको थियो ।

कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै पहिले आयोगमा निवेदन दिनुभएको थियो ।

आयोगले उहाँको निवेदनमाथि निर्णय गर्दा पनि नयाँ दलको नाम पनि कोष्टकमा नेकपा लेखेर मान्यता दिएपछि कट्टेलले २०७५ साल मंसिरमा रिट दिनुभएको थियो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेशी परेको छ ।