अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा विवाद टुंगोमा नपुग्दासम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

नेकपा विवाद टुंगोमा नपुग्दासम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय


काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सकिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको बैठकले नेकपा विवाद टुंगो नलागेसम्म संसद् पुनःस्थापनापछिको राजनीतिक घटनाक्रमबारे निर्णय नलिने निष्कर्ष निकालेको छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार संसद बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको हो ।

‘संसद्को बैठक बसोस् । अनि परिस्थिति कसरी अगाडि बढ्छ, जसरी परिस्थिति अगाडि बढ्छ त्यसलाई मध्यनजर गरेर नेपाली काँग्रेसले निर्णय लिन्छ,’ महतलो भन्नुभयो ।

अहिले सरकारमा जाने वा नेकपाका कुन पक्षलाई समर्थन गर्ने भन्ने अवस्था नरहेको छलफलको निष्कर्ष रहेको महतले बताउनुभयो ।