अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार साँझ शीतल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

भेटवार्तामा सर्वोच्चको फैसला, सरकारका काम कारबाही, प्रतिनिधिसभाको बैठक बोलाउने विषय, नेकपाको विवादलगायतका विषयमा छलफल भएको बुझिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलो पटक प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिएको छ ।