अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले फागुन १७ गते पोखरामा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले फागुन १७ गते पोखरामा सम्बोधन गर्नुहुने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउँदो बुधबार (१७ गते) पोखरा जानुहुने भएको छ । नेकपा कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि उहाँ बुधबार पोखरा जानुहुने भएको हो ।

प्रधानमन्त्रीका साथै कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेता पनि पोखरा आउनुहुने प्रदेश सांसद राजीव पहारीले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री ओली १५ गते जनसभालाई सम्बोधनका पोखरा जानुहुने कार्यक्रम थियो । तर, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने फैसला गरेसँगै सो जनसभाको स्वरूप परिवर्तन गरिएको सांसद पहारीलेले जानकारी दिनुभयो ।

‘त्यो विशेष परिस्थितिका कारण कार्यक्रम स्थगित गर्‍यौं । तर, १७ गते उहाँ आउनुहुन्छ,’ सांसद पहारीले भन्नुभयो, ‘कार्यक्रमको स्वरुप र समयमात्रै परिवर्तन भएको हो ।’