अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।  उहाँले बालुवाटारमा अपरान्ह ५ बजेपछि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।

सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । आजको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे भने जानकारी नगराइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिनुभयो ।

अदालतले १३ दिनभित्र संसद बैठक आव्हान गर्ने परमादेश जारी गरेपछि आजको बैठकले संसद बैठक आव्हानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्न सक्ने अनुमान गरिएको छ ।