अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा प्रमुख सचेतकबाट गुरुङ बर्खास्त, भट्टराईलाई जिम्मेवारी

नेकपा प्रमुख सचेतकबाट गुरुङ बर्खास्त, भट्टराईलाई जिम्मेवारी


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाउनु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गुरुङको स्थानमा प्रधानमन्त्रीले विशाल भट्टराईलाई नियुक्त गर्नुभएको हो ।

अहिले विभाजित जस्तो देखिएको नेकपाको संसदीय दललाई एकतावद्ध बनाउने मेरो पहिलो प्रयास हुनेछ

नियुक्त हुनु भएलगतै प्रमुख सचेतक भट्टराईले आजैबाट संसदीय दलको काम सुरु गरेको बताउनुभएको छ । उहाँले संसदीय दलका नेताको निर्देशनअनुसार काम गर्ने, दलको कामलाई प्रभावकारी बनाउने र संसदीय दललाई एकतावद्ध बनाउन आफ्नो प्रयास रहने बताउनुभएको छ । ‘अहिले विभाजित जस्तो देखिएको नेकपाको संसदीय दललाई एकतावद्ध बनाउने मेरो पहिलो प्रयास हुनेछ,’ भट्टराईले नेपाली बहससँग भन्नुभयो ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले शुक्रबार नै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिनु भएको छ ।

खोटाङबाट दुई पटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।