अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एकताको पहल नयाँ शिराबाट, सुरेन्द्र पाण्डेले नेतृत्व गर्नुहुने

नेकपा एकताको पहल नयाँ शिराबाट, सुरेन्द्र पाण्डेले नेतृत्व गर्नुहुने


काठमाडौं- राजनीतिक रूपमा विभाजित नेकपाको एकता पहल नयाँ शिराबाट सुरु भएको छ । यसको अगुवाइ दोस्रो तहका नेताहरूले गरेका छन् ।

स्रोतका अनुसार प्रचण्ड-माधव समूहमा रहेका नेताहरूले एकताको पहल लिएका छन् । जसको नेतृत्व स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले गर्नुभएको छ ।

पार्टी र राजकीय सत्ताको अहिले कै संरचनालाई यथावत राखेर पार्टी एकता जोगाउनुपर्ने पाण्डेको धारणा रहेको उहाँनिकट स्रोतले बताएको छ । ‘त्यस अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्विकार्ने उहाँहरूको तयारी छ । पार्टी र मन्त्री पदको बाँडफाँड समझदारीमा गर्ने प्रस्तावहरू ल्याउने तयारी गर्नुभएको छ,’ स्रोतले भन्यो ।

यस अभियानमा सिन्धुलीका सांसद गणेश पहाडी पनि रहनुभएको छ । यसैगरी प्रगतिशिल कानुन व्यवासायी संगठनको भोलि बस्ने केन्द्रीय कमिटीको बैठकले पार्टी एकताको दबाबका लागि प्रस्ताव पेस गर्ने अध्यक्ष रुद्र नेपालले नेपालीबहसलाई जानकारी दिनुभयो ।

नेकपा केन्द्रीय सदस्य एवं सांसद कृष्णप्रसाद दाहालले पार्टी एकता अभियानमा छलफल चलिरहेको बताउनुभएको छ । ‘पार्टी एकताको अवसर फेरी एक पटक आएको छ । यसमा छलफल चलिरहेको छ । तर गाँठो फूक्न सकेको छैन । आशा छ यसपाली गाँठो फुक्छ,’ दाहालले भन्नुभयो ।

पार्टी एकताका लागि केन्द्रीय सदस्य एवं सांसद सोमप्रसाद पाण्डेले बिहीबार र आज संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग छलफल गर्नुभएको छ ।