अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री भेट्न बालुवाटारमा वामदेव

प्रधानमन्त्री भेट्न बालुवाटारमा वामदेव


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको छ ।

प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलो पटक वामदेव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको हो ।

विभाजन भएको नेकपा एकताका लागि वामदेव सक्रिय रहनुभएको छ । पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नु भएपछि दुई समूहमा विभाजन भएको नेकपामा उपाध्यक्ष वामदेव भने कुनै पक्षमा खुल्नु भएको थिएन ।