अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद माया ज्ञवाली संस्थापन नेकपातिर

सांसद माया ज्ञवाली संस्थापन नेकपातिर


काठमाडौं- नेकपा सांसद माया ज्ञवालीले आफू संस्थापन नेकपामै रहेको बताएकी छन् । प्रचण्ड-माधव पक्षमा नरहेको घोषणा गर्दै ज्ञवालीले शुक्रबार आफू प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहनुभएकै नेकपामा रहेको बताउनुभएकी हुन् ।

उहाँले आफू ओली नेतृत्वको पार्टीमै रहनुका साथै पार्टी एकताका लागि उपाध्यक्ष वामदेव गौतमलाई पनि साथ दिइरहेकी बताउनुभयो ।

‘संसदमा भोलि के प्रस्ताव आउँछन् त्यो फरक कुरा हो, तर म अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा छु,’ सांसद ज्ञवालीले भन्नुभयो ।