अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतका लागि ‘कम्फटेवल’हुने समिकरण बनाउन चाहेका छौँ : प्रचण्ड

भारतका लागि ‘कम्फटेवल’हुने समिकरण बनाउन चाहेका छौँ : प्रचण्ड


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव समूहका अध्यक्ष प्रचण्डले भारतका लागि सहज हुने समिकरण बनाउन आफूले चाहेको बताउनुभएको छ ।

शुक्रबार साँझ पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा प्रचण्डले आफू, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको समिकरण बन्नुपर्ने बताउनुभएको छ ।

प्रचण्डले अन्तर्वार्तामा भन्नुभएको छ, ‘सबै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायित्व र विकास हुुँदैन । यसरी हेर्दा म के देख्छु भने नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि पनि यो भन्दा कम्फटेवल अरु हुँदैन ।’

अन्तर्वार्तामा प्रचण्डले आफूले यसअघि नै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको बताउनुभएको छ । आफूलाई अहिले प्रधानमन्त्री बन्ने इच्छा भने नभएको उहाँले बतानुभयो ।