अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बहुमतमा हुनुहुन्छ : प्रमुख सचेतक भट्टराई

प्रधानमन्त्री बहुमतमा हुनुहुन्छ : प्रमुख सचेतक भट्टराई


काठमाडौं- संस्थापन नेकपाका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओली बहुमतमा रहेको बताउनु भएको छ ।

शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा भट्टराईले भन्नुभयो, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ । म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौँ ।’

आफूहरूसँग सयभन्दा बढी सांसद रहेकोसमेत बताउनुभयो । आवश्यक परे संसदमा देखाउन तयार रहेको प्रमुख सचेतक भट्टराईको भनाइ छ ।

उहाले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरूले डटेर सामना गर्ने बताउनुभयो । पार्टीका सांसदहरूले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिनेसमेत प्रमुख सचेतक भट्टराईले चेतावनी दिनुभयो ।