अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा पुर्नस्थापनाले सांसद किनबेचको खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

प्रतिनिधिसभा पुर्नस्थापनाले सांसद किनबेचको खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनस्थापनापछि संसदमा सांसदको किनबेच हुन सक्ने खतरा बढेको बताउनुभएको छ ।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदको खरिदबिक्री हुने थलो बन्ने खतरा बढेको बताउनुभएको हो ।

‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरू हौँ । हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरू हौँ । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरू पनि हौँ,’ उहाँले भन्नुभयो, ‘न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गछौंँ । तर, कतै फेरी संसद सांसदहरूको खरिदबिक्रीको थलो बन्ने त होइन ? कतै ससद फेरी दलहरूको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’

मन्त्री ज्ञवालीले देशभित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताउनुभयो ।