अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफूलाई अल्पमतमा पारेर देखाउन प्रधानमन्त्रीको चुनौती

आफूलाई अल्पमतमा पारेर देखाउन प्रधानमन्त्रीको चुनौती


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अल्पमतमा पारेर देखाउन चुनौती दिनुभएको छ ।

हिमालय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे आफूले विश्वासको मत लिनसक्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूले बहुमत नगुमाएको समेत दाबी गर्नुभयो । ‘आवश्यक परे विश्वासको मत लिन सक्छु । त्यसमा मलाई हराउनु पर्‍यो नि,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

आफूले राजीनामा नदिने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । ‘राजीनामा म लेख्दिन, लेख्नुपर्ने अवस्था होइन । त्यसो भएपछि मैले अरू पनि बाटा समाउन सक्छु,’ प्रधानमन्त्रीले भन्नुभयो ।

अदालतले राजीनामा देउ नभनेको प्रधानमन्त्रीको दाबी छ । ‘यस्तो अवस्थामा राजीनामा देउ भन्यो ?,’ प्रधानमन्त्रीको प्रतिप्रश्न छ, ‘मैले राजीनामा गर्ने हो भने अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भन्नुभएको छ, ‘मैले गरेको निर्णय सदर हुन्थ्यो भने देश यो स्थितिमा होइन चुनावतिर जान्थ्यो ।’

प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता आइतबार राति ९ बजे हिमालय टेलिभिजनमा प्रशारण हुनेछ ।