अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जोमसोमै बजारमा’ गीतका सर्जक विश्व थकालीको निधन

‘जोमसोमै बजारमा’ गीतका सर्जक विश्व थकालीको निधन


काठमाडौं- मुस्ताङको जोमसोम चिनाउने सर्जकको निधन भएको छ । लोकप्रिय ‘जोमसोमै बजारमा, बाह्र बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा’ गीतका सर्जक तथा संगीतकार विश्व थकालीको अमेरिकामा शनिबार हृदयघातका कारण निधन भएको हो ।

लामो समयदेखि अमेरिका बसोबास गर्दै आइरहनुभएका सर्जक थकालीको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो ।

साढे २ दशकअघि नेपथ्य ब्यान्ड स्थापना गर्न महत्वपूर्ण भूमिका निभाउनुभएका थकालीले ब्यान्ड स्थापनासँगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै ‘हावा सरर’ बोलको गीत रचना गर्नुभएको थियो ।

५२ वर्षको उमेरमा निधन हुनुभएका सर्जक थकालीका श्रीमतीसहित २ छोरा हुनुहुन्छ ।