अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा धरमपुर मंगलबारे जोड्ने पुल उद्घाटन

प्रधानमन्त्रीद्वारा धरमपुर मंगलबारे जोड्ने पुल उद्घाटन


झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा कमल गाँउपालिका-२ मा क्याम्पाबाट धरमपुर मंगलवारे जोड्ने कमल खोलाको पुलको उद्घाटन गर्नु भएको छ ।

भद्रपुर विमानस्थल हुँदै उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा पर्ने कमल गाँउपालिका आउनु भएको हो । ओलीले निर्वाचनको समयमा आफ्ना भाषणमा आफ्नो निर्वाचन क्षेत्र तथा झापामा कहि पनि बाँस तथा काठको पुल नहुने दाबी गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले कुनै भाषण नगरी पुलको रिवन काटेर उद्घाटनको घोषणा गरेर अर्को कार्यक्रममा जानु भएको छ । यहाँ पुल नभएका कारण शिवसताक्षी र कमलका बासिन्दालाई एकआपसमा जोडिन समस्या भएकोमा यो समस्या हल भएको स्थानीयले बताएकाछन् ।

आज कमल गाँउपालिका र दमक नगरपालिकामा प्रधानमन्त्री ओलीका आधा दर्जन कार्यक्रम रहेका छन् । पुल उद्घाटन र शिलान्याशका कार्यक्रम साँझसम्म रहेको प्रधानमन्त्रीको स्वकीय सचिवालयकासदस्य होमबहादुर थापाले बताउनुभयो ।