अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-चीनमैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रम सुरु

नेपाल-चीनमैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रम सुरु


झापा- झापामा निर्माण हुने नेपाल-चीनमैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रम सुरु भएको छ । यो पार्कको केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु हुनेछ ।

सरकारले घोषणा गरेको पाँच औद्योगिक क्षेत्रमध्ये नेपाल-चाइनामैत्री औद्योगिक पार्कमा २ हजार वटा उद्योग निर्माण हुनेछन् ।

सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको यो सबैभन्दा ठूलो हो । यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्छ ।

पार्क शिलान्याश कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, नेकपा नेता सुवास नेम्बाङ, महान्यायाधिवक्ता अग्नि खरेल पनि झापा आउनु भएको छ ।