अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ : प्रधानमन्त्री ओली

विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग छिट्टै वार्ता हुने बताउनुभएको छ । झापाको कमल गाउँपालिकामा नेपाल-चीनमैत्री औद्योगिक पार्कको आइतबार शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि छिट्टै समाधान हुने बताउनुभयो । प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ । तपाईंहरूले घर बसीबसी समस्या समाधानको कार्यक्रम छिट्टै टिभीमा देख्नुहुनेछ ।’