अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्न जोड दिऔँ : प्रधानमन्त्री ओली

उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्न जोड दिऔँ : प्रधानमन्त्री ओली


झापा- प्रधानमन्त्री केपी शर्मा ओली उद्योग स्थापना गरेर रोजगारीका अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ ।

झापाको कमल गाउँपालिकामा आज नेपाल-चीनमैत्री औद्योगिक पार्कको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले उद्योग स्थापना गरेर रोजगारीका अवसर सिर्जना गर्न आग्रह गर्नुभएको हो ।

‘उद्योग स्थापना छिटो गरौँ, रोजगारीका अवसर सिर्जना छिटो गरौँ, औद्योगिक उत्पादन छिटो गरौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी आत्मनिर्भर मात्र होइन निर्यात गर्ने देशको रूपमा अगाडि बढ्छौँ । अरूका सामान किन्ने क्रेताको रूपमा मात्र होइन निर्यातकका रूपमा अगाडि बढ्न हतार गरौँ ।’

विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ : प्रधानमन्त्री ओली