अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा एकैदिन ३१ पुल शिलान्यास, चार वटाको उद्घाटन (सूचीसहित)

प्रधानमन्त्रीद्वारा एकैदिन ३१ पुल शिलान्यास, चार वटाको उद्घाटन (सूचीसहित)


झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विभिन्न स्थानमा निर्माण भएका पुल उद्घाटन र शिलान्यास गर्नुभएको छ ।

उहाँले गृहजिल्ला झापाका विभिन्न खोला र नदीमा निर्माण भएका चार वटा पुलको उद्घाटन गर्नुभयो । साथै, प्रधानमन्त्री ओलीले आइतबार नै मदनभण्डारी राजमार्गको धरान-बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको  पनि शिलान्यास पनि गर्नुभएको छ ।

उहाँले गृहजिल्ला झापाको कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा पुल उद्घाटन गर्नुभयो ।

प्रधानमन्त्री ओलीले चुलाचुली गाउँपालिका जोड्ने गरी रतुवाखोलाबाट शिलान्यास गरेका ३१ वटा पुल मदनभण्डारी राजमार्गमा बन्नेछन् ।

करिब ६ अर्ब रुपैयाँ लागत रहेको यी पुल निर्माणका लागि मदनभण्डारी राजमार्ग आयोजना निर्देशनालयले १३ वटा निर्माण कम्पनी छनोट गरेको छ ।

सुनसरी र मोरङ तथा झापा र इलामको सीमानामा दुई/दुई वटा, मोरङ र झापामा १२/१२ वटा र इलाममा ३ वटा पुल निर्माण हुने निर्देशनालयले जनाएको छ ।

प्रधानमन्त्रीले आज शिलान्यास गर्नुभएका पुल । सूची :

१. डाले खोला पुल, धरान-केराबारी खण्ड, सुनसरी/मोरङ

२. मुगु खोला पुल, धरान-केराबारी खण्ड, सुनसरी/मोरङ

३. खदम खोला पुल, मोरङ

४. हचुवा खोला पुल, केराबारी-लेटाङ खण्ड, मोरङ

५. साउने खोला पुल, केराबारी-लेटाङ खण्ड, मोरङ

६. भलुवा खोला पुल, केराबारी-लेटाङ खण्ड, मोरङ

७. सानो नेते खोला पुल, केराबारी-लेटाङ खण्ड, मोरङ

८. तुर्के खोला पुल, केराबारी-लेटाङ खण्ड, मोरङ

९. मोरंगी खोला पुल, मोरङ

१०. सोल्टी-१ खोला पुल, लेटाङ-मधुमल्ला खण्ड, मोरङ

११. सोल्टी-२ खोला पुल, लेटाङ-मधुमल्ला खण्ड, मोरङ

१२. मिकिकु खोला पुल, लेटाङ-मधुमल्ला खण्ड, मोरङ

१३. नुसरी खोला पुल, मोरङ

१४. सुखानी सहादतस्थल पुल, सहादतस्थल-झातारे खण्ड, झापा

१५. बुढी सुखानी पुल, सहादतस्थल-झातारे खण्ड, झापा

१६. सुखानी खोला माई, सहादतस्थल-झातारे खण्ड, झापा

१७. टाइटिङ खोला पुल, सहादतस्थल-झातारे खण्ड, झापा

१८. गोयाङ खोला पुल, सहादतस्थल-झातारे खण्ड, झापा

१९. सानो नेते खोला पुल, झातारे-मेचीडाँगी खण्ड, झापा

२०. ठूलो नेते खोला पुल, झातारे- मेचीडाँगी खण्ड, झापा

२१. विरिङ खोला पुल, झातारे-मेचीडाँगी खण्ड, झापा

२२. दामा खोला पुल, झातारे- मेचीडाँगी खण्ड, झापा

२३. हडिया खोला पुल, झातारे-मेचीडाँगी खण्ड, झापा

२४. गंगटे खोला पुल, झातारे-मेचीडाँगी खण्ड, झापा

२५. खार खोला पुल, झातारे-मेचीडाँगी खण्ड, झापा

२६. तेली खोला पुल, मोरङ

२७. रतुवा खोला पुल, झापा/इलाम

२८. बुकुवा खोला पुल, झापा/इलाम

२९. विधवा खोला पुल, इलाम

३०. चाँजु खोला पुल, इलाम

३१. वागद्वार खोला पुल, इलाम