अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ११ बजे पोखरामा, के–के छन् कार्यक्रम ?

प्रधानमन्त्री ११ बजे पोखरामा, के–के छन् कार्यक्रम ?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पोखरा जानु हुने भएको छ । बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री पोखरामा रहँदा दिनभर नै विभिन्न कार्यक्रममा व्यस्त रहनुहुने छ । उहाँले त्यहाँ गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास र पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यतालिका छ । यसैगरी पोखरा–१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि प्रधानमन्त्रीले कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुनेछ भने काठमाडौं फर्कनुअघि पुनर्निमाण अन्तिम चरणमा पुगेको पोखरा रंगशाला निरीक्षण गर्ने तय भएको छ ।