अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा पोखरा रंगशालाको अवलोकन

प्रधानमन्त्री ओलीद्वारा पोखरा रंगशालाको अवलोकन


पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशाला अवलोकन तथा निरीक्षण गर्नु भएको छ । गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आउनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेतको हैसियतमा पोखरा रंगशालामा निर्माणाधीन विभिन्न खेलकुदका भौतिक संरचनाको अवलोकन गर्नु भएको हो ।

रंगशालामा उहाँलाई राखेप सदस्य सचिव, सदस्य, खेलकुदकर्मीलगायतले स्वागत तथा सम्मान गर्नु भएको थियो ।

रंगशालामा निर्माण भइसकेका विभिन्न संरचनाप्रति खुसी व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले निर्माणाधीन संरचना पूरा गर्न बजेटको अभाव हुन नदिइने बताउनुभयो ।