अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा दुई तिहाइका साथ सिंहदरबार प्रवेश गर्छु : प्रधानमन्त्री ओली

आगामी निर्वाचनमा दुई तिहाइका साथ सिंहदरबार प्रवेश गर्छु : प्रधानमन्त्री ओली


झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दुई तिहाइका साथ सिहंदरबार प्रवेश गर्ने दाबी गर्नु भएको छ । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको पदबाट हटाउन पनि प्रचण्ड-नेपाल समूहलाई चुनौती दिनुभयो ।  उहाँले भन्नुभयो, ‘डेढ-दुई वर्षमा त चुनाव होला, दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किन्छु,’ ओलीले भने, ‘त्यो कुरा म नेपाली जनतासँग आग्रह गर्न चाहन्छु।’

उहाँले आफन्तभन्दा पनि देशको बारेमा सोच्ने व्यक्तिको खाचो रहेको बताउनुभयो । ‘छोराछोरी, भाई बुहारी त जसले पनि हेरेकै त छन्, हामी ठूला काम गर्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।