अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईंले मार्सी चामललाई ब्राण्ड बनाइदिनुभयो : प्रधानमन्त्री ओली

दुर्गा प्रसाईंले मार्सी चामललाई ब्राण्ड बनाइदिनुभयो : प्रधानमन्त्री ओली


झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिम्मत भएको मान्छे भएको बताउनुभएको छ । मंगलबार पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंले मार्सी चामललाई नै ब्राण्ड बनाइदिएकासमेत बताउनुभयो ।

‘भन्नेहरूले भन्दै गर्छन्, आलोचना गर्नेले गर्छन्, उहाँलाई मार्सी चामल भनेर आलोचना गरे, उहाँले त मार्सीलाई ब्राण्ड बनाइदिनुभयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जेजे गाली गरेका छन् मान्छेले, हिम्मत भएको मान्छे हो दुर्गा प्रसाईं, आलोचना र टिप्पणीबाट हच्किएर दच्किएर पछाडि हट्ने मान्छे हैन, अगाडि बढ्ने मान्छे हो दुर्गा प्रसाईं।’

नेकपा एकीकरणका समय ओली र प्रचण्डलाई घरैमा मार्सी चामलको भात खुवाएपछि दुर्गा प्रसाईंको चर्चा चुलिएको थियो । त्यसपछि मार्सी चामलको चर्चा पनि झन् बढेको थियो ।